सांग्रिलालाई पिएम कपको उपाधि
पाेखरा | माघ १७, २०८२
पोखरा: प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ ।
कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै सांग्रिलाले उपाधि चुमेको हो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थि क्रिकेट मैदानमा भएको खेलमा १६९ रनको विजयी लक्ष्य पाएको कास्की ३४.३ ओभरमा १२० रन बनाउँदै अलआउट हुन पुग्यो । कास्कीका लागि रोहित चन्दले ४१ रनको योगदान दिए । यस्तै विश्वास पराजुलीले २३ रन जोडे ।
सांग्रिलाका लागि सिव्रिन श्रेष्ठले ३ विकेट लिए । विपिन खत्री र राज परियारले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सांग्रिला ४३ ओभरमा १६८ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक ६४ रनको योगदान दिए । यस्तै कुशल नेपालले २० तथा राजु खनालले १८ रनको योगदान दिए ।
कास्कीका लागि अदित्य थापा र विश्वास पराजुलीले समान ३–३ विकेट लिए भने अनुप पौडेलले २ विकेट लिए ।
माघ २ देखी सुरु प्रतियोगितामा कुल १० क्लबको सहभागिता थियो । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् । समूह ए बाट सांग्रिला र समूह बि बाट कास्की विजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

